प्रोग्रेसिभ फाइनान्सले २.१८ लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा राख्यो

काठमाडौं, १२ साउन । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो चरणमा उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने व्यवस्था गरेको जनाएको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको सञ्चालक समिति समक्ष आवश्यक आवेदन पेश गर्नुपर्नेछ।

कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट कुनै आवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार अन्य इच्छुक व्यक्ति वा सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने छ।

प्रतिक्रिया दिनुहोस्