नेशनल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्तालाई प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम
काठमाडौं, ११ साउन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट कार्य गर्दै तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
कम्पनीले २०८३ वैशाख महिनाको मासिक योजनाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई लक्षित गर्दै ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा कम्पनीका विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले आर्थिक वर्ष २०८३/८४ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्टता हासिल गर्न सफल भएको बताए। उनले कम्पनीको सफलतामा योगदान पुर्याउने नियमनकारी निकाय, ग्राहक, अभिकर्ता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति धन्यवाद व्यक्त गरे।
उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्न कम्पनी अझ जिम्मेवार भएर अघि बढ्ने बताए। साथै, अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिने उल्लेख गरे।
कार्यक्रममा आमन्त्रित अभिकर्तालाई प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय सम्मान ‘एमडीआरटी’ लक्ष्य हासिल गर्न आवश्यक रणनीति र गतिविधिबारे प्रशिक्षण दिएका थिए। उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै अभिकर्ताको व्यावसायिक क्षमता विकासमा केन्द्रित प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको समापनतर्फ स्ट्यान्ड–अप कमेडियन सुमन कार्कीको प्रस्तुति तथा कलाकार रामचन्द्र काफ्ले र जुनु रिजालको सांगीतिक प्रस्तुति रहेको थियो।
त्यस्तै, गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डको प्रत्यक्ष प्रस्तुति र डिजे अमुको प्रस्तुतीमा सहभागी अभिकर्ताले मनोरञ्जन लिएका थिए।
नेशनल लाइफ इन्स्योरेन्सले यस्ता कार्यक्रममार्फत अभिकर्ताको क्षमता अभिवृद्धि, उत्प्रेरणा र व्यवसाय विस्तारमा सहयोग पुग्ने जनाएको छ।













प्रतिक्रिया दिनुहोस्