हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा दिनेशबहादुर अमात्य नियुक्त

काठमाडौं, ११ साउन । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्य नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीका अनुसार अमात्यलाई साउन ११ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ।

अमात्यले यसअघि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गर्दै आएका थिए। सञ्चालक समितिको निर्णयसँगै उनले कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्