महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्ड
काठमााडौं, १० साउन । अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाताबाट प्रदान गरिएको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।
बैंकले “राइजिङ स्टार–ग्रोथ” विधाअन्तर्गत अवार्ड प्राप्त गरेको हो। नयाँ दिल्लीमा जुलाई २४, २०२६ मा आयोजना गरिएको “चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्डस्” कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
बिमस्टेक क्षेत्रकै प्रतिष्ठित मानिने उक्त बैंकिङ कन्क्लेभ तथा अवार्ड कार्यक्रममा भारत, नेपाल, श्रीलङ्का, म्यानमार र बङ्गलादेशका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो।
महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत यो सम्मान प्राप्त गरेको जनाएको छ।
यसअघि बैंकले गत वर्ष “सम्पत्ति गुणस्तर” विधाअन्तर्गत समेत उक्त अवार्ड प्राप्त गरेको थियो।
अन्तर्राष्ट्रिय स्तरको सम्मानले बैंकको पहिचान र विश्वसनीयता थप मजबुत बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नाराका साथ सञ्चालन हुँदै आएको महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
बैंकले पछिल्लो समय काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। उक्त डिजिटल हबमार्फत ग्राहकलाई थप सहज, आधुनिक र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य बैंकले लिएको छ।













प्रतिक्रिया दिनुहोस्