छिमेक लघुवित्तले बिक्री खुला गर्यो ४ हजार ४१४ कित्ता संस्थापक शेयर
काठमाडौ, ६ साउन । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार संस्थापक शेयरधनी बन्न योग्य भएको प्रमाणित हुने कागजातसहित आवेदन दिनुपर्नेछ।
कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन बुझाउनुपर्नेछ।
संस्थापक शेयर खरिद तथा बिक्री प्रक्रिया नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अघि बढाइने कम्पनीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्