कुमारी बैंकले बेच्दै ५ हजार २५५ कित्ता संस्थापक शेयर, विद्यमान शेयरधनीलाई पहिलो प्राथमिकता
काठमाडौ, ६ साउन । कुमारी बैंक लिमिटेडले ५ हजार २५५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोहीअनुसार इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार उक्त संस्थापक शेयरको बिक्री मूल्य बिक्रेताले तोकेअनुसार हुनेछ।













प्रतिक्रिया दिनुहोस्