समता शुल्क फिर्ता गर्ने निर्णयप्रति सांसद ज्ञानेन्द्र शाहीको स्वागत, शवमाथिको कर पनि हटाउन आग्रह
काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन्।
मंगलबार सरकारले समता शुल्क फिर्ता लिने निर्णय गरेपछि सांसद शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहप्रति धन्यवाद व्यक्त गरेका हुन्।
शाहीले सरकारले जनहितमा सकारात्मक निर्णय गरेको भन्दै आगामी दिनमा पनि यस्तै जनमुखी निर्णयहरू हुने अपेक्षा व्यक्त गरेका छन्।
यसैबीच उनले मृत्युपछि शवमाथि कर लगाउने भनिएको निर्णयप्रति असहमति जनाउँदै उक्त व्यवस्था तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
‘मृत्युपछि शवमाथि समेत कर लगाउने निर्णय जनताको भावनाविपरीत छ। यस्तो कर तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गर्दछु,’ शाहीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।













प्रतिक्रिया दिनुहोस्