गोंगबु होटलमा युवती मृत भेटिएको घटनामा दुई जना पक्राउ
काठमाडौं, ५ साउन । काठमाडौंको गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गत साउन ३ गते बिहान ११ बजे होटलको चौथो तलामा रहेको ४०४ नम्बर कोठाभित्र काठको पलङमा लुकाइएको अवस्थामा एक युवतीको शव फेला परेको थियो।
अनुसन्धानका क्रममा मृतक कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २५ वर्षीया निशा सुनार रहेको खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ लटाली स्थायी घर भई हाल काठमाडौं–३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्दै आएका २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएका ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्