पहिरोले पुरिएको पर्यटक गाडी निकालियो, मानवीय क्षति भएन
काठमाडौं, ५ साउन । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुरदुङमा पहिरोले पुरिएको पर्यटक बोक्ने गाडीलाई बाहिर निकालिएको छ।
बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत सुकुरदुङमा सोमबार बेलुका ढोरपाटनतर्फ जाँदै गरेको ग १ य ९८२ नम्बरको गाडी पहिरोमा परेको थियो। पहिरोले गाडीको अगाडिको भाग पूर्ण रूपमा पुरिएको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
मेसिन प्रयोग गरी गाडीलाई पहिरोबाट निकालिएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।













प्रतिक्रिया दिनुहोस्