कीर्तिपुरमा जलेको कारबाट एक पुरुषको शव फेला
काठमाडौंं, ५ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको निजी कारबाट एक पुरुषको शव फेला परेको छ।
बा५च ३०३८ नम्बरको कारमा आज बिहान आगलागी भएको थियो। आगो नियन्त्रणमा लिएपछि गाडीभित्रबाट एक पुरुषको शव निकालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र घटनाको वास्तविक अवस्था खुल्न नसकेको भन्दै प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।













प्रतिक्रिया दिनुहोस्