कीर्तिपुरमा निजी कारमा आगलागी, घटनाबारे अनुसन्धान जारी

काठमाडौंं, ५ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक निजी कारमा आगलागी भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको हो।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीका बेला गाडीभित्र कोही व्यक्ति थिए वा थिएनन् भन्ने विषय पनि अझै पुष्टि भएको छैन।

हाल प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्