भक्तपुरमा गेस्ट हाउसबाट खसेर १८ वर्षीया युवतीको मृत्यु, चार जना नियन्त्रणमा
काठमाडौंं, ५ साउन । भक्तपुर नगरपालिका–१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको छ। घटना सोमबार भएको हो।
दोलखा स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–९ मा बस्दै आएकी श्रेष्ठ साथीहरूसँग गेस्ट हाउसमा गएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन्। अनुसन्धानका लागि सलिनासँगै गेस्ट हाउसमा गएका दुई महिला र दुई पुरुष गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सलिना आफैँ गेस्ट हाउसबाट खसेकी हुन् वा कसैले धकेलेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। नियन्त्रणमा रहेका व्यक्तिसँग घटनाबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्