ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो, आसपासका पसल जोखिममा

काठमाडौंं, ५ साउन । अविरल वर्षाका कारण ललितपुरको महालक्ष्मीस्थानमा सडक भासिएको छ। सडक भासिएपछि त्यससँगै रहेका फर्निचर, क्याफे र किराना पसल जोखिममा परेका छन्।

सडकसँग जोडिएको भित्ता पर्याप्त बलियो नभएकाले सडक भासिँदा भित्ता र ठूलो परिमाणमा माटो फर्निचरतर्फ खसेको हो।

घटना हुँदा फर्निचरभित्र छ जना व्यक्ति रहेका थिए। बाहिरबाट ठूलो आवाज आएपछि उनीहरू तत्काल बाहिर निस्किएकाले मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।

फर्निचर सञ्चालकका अनुसार भवनभित्र जडान गरिएका चार वटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेकाले ठूलो भौतिक क्षति हुनबाट जोगिएको छ।

प्रतिक्रिया दिनुहोस्