स्वीट्जरल्यान्डले ब्राजिललाई बराबरीमा रोक्यो
रसियामा जारी भइरहेको विश्वकप २०१८ फुटबल खेलमा ब्राजिल विरुद्ध स्वीट्जरल्याण्डको खेल बराबरी भएको छ ।
ब्राजिलका तर्फबाट पहिलो हाफमा कुन्टिन्होले २० मिनेटमा गोल गर्दै खेललाई अग्रता कायम गरेपनि दोस्रो हाफमा सुरु भएपछि स्वीट्जल्याण्डका जुबरले ५० मिनेटमा गोल फर्काए । त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन र अन्तमा खेल बराबरीमा टुङ्गियो ।
बराबरी भएपछि पनि दुबै टिमको निक्कै आक्रमक खेल भएको भएपनि दुबै पक्ष थप गोल गर्न असफल भए । नेयमारलाई खेलमा आफ्नो क्षमता देखाउन नदिनको लागि स्वीस खेलाडीहरु एकदम तारो बने । दुबै टोलीले १–१ अंकको बराबरी गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्