रोशी खोलाले बगाउँदा काभ्रेका एक वृद्धको मृत्यु
काठमाडौं, ४ साउन । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ कटुञ्जेबेशीमा रोशी खोला तर्ने क्रममा बगाउँदा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय मोतिमान पाख्रिन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार सोमबार दिउँसो खोला तर्ने क्रममा पाख्रिनलाई रोशी खोलाले बगाएको थियो। घटनाको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय मङ्गलटार र प्रहरी चौकी कटुञ्जेको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले खोलाबाट शव निकालेर परीक्षणका लागि धुलिखेल अस्पताल पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्