साविक विश्वविजेता जर्मनीलाई मेक्सिकोले पराजित गर्याे
रसियामा जारी विश्वकप २०१८मा मेक्सिको विरुद्ध जर्मनीको खेलमा मेक्सिकोले २०१४ विश्वविजेता जर्मनीलाई १–० गोलले पराजित गरेको छ ।
खेलको पहिलो हाफमा हिर्भिङ लोजानोले मेक्सिको लागि गोल गरेका थिए। उनले खेलको ३५ औं मिनेटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका थिए ।
खेलको सुरूदेखी नै दुबै टोलीले निरन्तर एकअर्काको पोस्टमा आक्रमण गर्दै आक्रमकरूपमा खेलेका थिए। जर्मनीले हारबाट बच्न खेलको अन्तिमसम्म पनि निरन्तर आक्रमण गरे तर उनीहरूको आक्रमणले गोल फर्काउन सकेन । मेक्सिकोले पनि केही महत्वपूर्ण मौका गुमाएको थियो ।















प्रतिक्रिया दिनुहोस्