होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं, ३ असार । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा (SRS Airbag Inflator) देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ’निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ ।

यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन्। जसमा सिटी,  सिभिक,  सि.आर–भि, ज्याज,  इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्दछन्। ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्नेछन।

यस अभियान अन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्ने छैन ।

सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकहरूलाई आफ्नो नजिकको होण्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।
सर्भिस बुकिङ तथा थप जानकारीका लागि ग्राहकहरूले तल दिइएका नम्बरहरूमा सिधै कल गर्न वा इमेल मार्फत सम्पर्क गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्