फेसबुक डाउन: प्रयोगकर्ताले ब्राउजर भर्सन चलाउन पाएनन्
काठमाडौं, ३ असार । आइतबार अपराह्न सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा समस्या देखिएको छ। ‘साइटमा समस्या’ आएको जनाउँदै फेसबुकको ब्राउजर भर्सन केही समयका लागि डाउन भएको हो।
फेसबुक खोल्ने प्रयास गर्दा धेरै प्रयोगकर्ताले आफ्नो खाता अस्थायी रूपमा उपलब्ध नभएको सन्देश पाएका छन्। फेसबुकले प्रयोगकर्तालाई भनेको छ, “एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।”
समस्या देखिएपछि आउटेज ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टरमा पनि फेसबुक डाउन भएको रिपोर्ट गर्ने प्रयोगकर्ताको सङ्ख्या बढेको देखिएको छ। आइतबार दिउँसो करिब साढे १ बजेदेखि फेसबुकसम्बन्धी समस्या खोज्ने प्रयोगकर्ताको सङ्ख्यामा एक्कासि वृद्धि भएको थियो।
फेसबुकले भने समस्याको कारण र पूर्ण समाधानबारे विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।













प्रतिक्रिया दिनुहोस्