मन्त्रिपरिषद्का निर्णय : कानुन सूचना प्रणालीका लागि कोरियाको अनुदान स्वीकार, कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था स्वीकृत
काठमाडौं, ३२ असार । नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार बैठकले नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १८ लाख १० हजार अमेरिकी डलर बराबरको वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
सरकारका अनुसार उक्त अनुदान नेपालको कानुनी सूचना प्रणालीलाई आधुनिकीकरण तथा थप व्यवस्थित बनाउन उपयोग गरिनेछ।
बैठकले प्रशासनिक सुधारअन्तर्गत सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था पनि स्वीकृत गरेको छ।
यस्तै, विभिन्न मन्त्रालयहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको सञ्चारमन्त्री तिमिल्सिनाले जानकारी दिए।













प्रतिक्रिया दिनुहोस्