नुवाकोटमा नयाँ पुलबाट त्रिशूली नदीमा हामफाले एक व्यक्ति, खोजी कार्य जारी

काठमाडौं, ३२ असार । नुवाकोटको त्रिशूली बजार नजिक रहेको नयाँ पुलबाट एक व्यक्ति त्रिशूली नदीमा हामफालेपछि बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बिहीबार दिउँसो करिब १:१० बजे बिदुर नगरपालिका–१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती नयाँ पुलबाट नदीमा हामफालेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ। बेपत्ता भएका मग्रातीको खोजी कार्य जारी रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्