प्युठान र नवलपरासी पूर्वमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला
काठमाडौं, ३२ असार । प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमारका ७० वर्षीय शोपबहादुर सुनार सोही ठाउँस्थित टेकनटार चौरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।
यस्तै, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–२ बोटेटोल नजिक नारायणी नदीको तटबन्धनको जालीमाथि रहेको गोरेटो बाटोमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको उमेर अन्दाजी ४० वर्ष रहेको बताइएको छ।
यसैगरी, नवलपरासी पूर्वकै कावासोती नगरपालिका–१७ अमल्टारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। बुधबार फेला परेको शव चितवनको भरतपुर महानगरपालिका–९ निवासी ७२ वर्षीया सुकमाया दराईको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
तीनवटै घटनाका सम्बन्धमा प्रहरीले घटनास्थलको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्