डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौं, ३२ असार । डोल्पामा स्रोत नखुलेको ठूलो रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया रहेका छन्।
ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी नगरपालिका–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
उनीहरूले बोकेको झोलाभित्र स्रोत नखुलेको रकम भेटिएको प्रहरीले जनाएको छ।
भेरी करिडोर सडकखण्डअन्तर्गत त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पा, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिसहितको संयुक्त टोलीले स्थापना गरेको जाँच चौकीमा मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रकमसहित आवश्यक अनुसन्धानका लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्