जबरजस्ती करणीको आरोपमा पाँचथर र दाङबाट दुई जना पक्राउ
काठमाडौं, ३२ असार । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर र दाङबाट दुई जनालाई पक्राउ गरेको छ।
पाँचथरमा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हिलिहाङ गाउँपालिका–६ का २१ वर्षीय राजेन्द्र घिसिङलाई प्रहरीले पक्राउ गरेको हो। पीडित महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले उनलाई बुधबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यस्तै, दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरका ४५ वर्षीय धनिराम भण्डारी पक्राउ परेका छन्। किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्