पूर्व न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको पुनः अन्तरिम आदेश
काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न तथा उनीहरूमाथि सम्पत्ति जाँचबुझ नगर्न पुनः अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो।
पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्ने तथा जाँचबुझ गर्ने कार्य स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यता र मर्यादाविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
सोही रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेश जारी गर्दै हालका लागि पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण संकलन तथा जाँचबुझ नगर्न आदेश दिएको हो।
यसअघि पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति जाँचबुझ प्रक्रिया रोक्न निर्देशन दिएको थियो।













प्रतिक्रिया दिनुहोस्