आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था गम्भीर, कीर्तिपुर बर्न अस्पतालमा उपचार जारी
काठमाडौं, २८ असार । सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको आत्मदाह प्रयासपछि अवस्था गम्भीर रहेको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा सघन उपचार भइरहेको छ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ अस्पतालमा भर्ना गरिएको थियो। हाल उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ। उनको अवस्था चिन्ताजनक रहेकाले शल्यक्रिया गर्ने तयारी गरिएको छ।
२५ वर्षीय मण्डलले शुक्रबार आत्मदाहको प्रयास गरेका थिए। घटनापछि उनलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो भने थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
यस घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।
यसअघि काठमाडौंको त्रिपुरेश्वरमा पनि एक जनाले आत्मदाहको प्रयास गरेका थिए, जसको उपचारका क्रममा मृत्यु भएको थियो। शनिबार काठमाडौंको बुद्धनगरमा पनि यस्तै प्रकृतिको अर्को घटना भएको जानकारी प्राप्त भएको छ।













प्रतिक्रिया दिनुहोस्