ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगोल र महासचिवमा कंडेल विजयी

काठमाडौं, २८ असार । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल विजयी भएका छन् ।

परिषद्को शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षका प्रतिष्पर्धी प्रश्रय राजभण्डारीलाई पराजीत गर्दै राजुमान डंगोल विजयी भएका हुन् ।
डंगोलले ७ सय २८ मत प्राप्त गर्दा राजभण्डारीलाई जम्मा ७ सय ६५ मत मात्र प्राप्त गरेका थिए ।

प्रथम उपाध्यक्षमा राजिव पाण्डे विजयी भएका छन् । पाण्डेले ७ सय ५४ मत प्राप्त गरेको छ भने उनका प्रतिष्पर्धी श्रीकृष्ण थपलियाले जम्मा ३ सय १५ मत पाएका थिए ।

द्वितीय उपाध्यक्षमा दावाङ तामाङ्ग विजयी भएका छन् । उनले ६ सय ८३ मत पाउँदा उनका प्रतिष्पर्धी प्रकाश श्रेष्ठले ३ सय ३५ मत प्राप्त गरे ।
तृतीय उपाध्यक्षमा रमेश थापा यस अधिनै निर्विरोध निर्वाचित भएका हुन् ।

साथै, महासचिव पदमा पशुपति कंडेल विजयी भएका छन् । उनले ७ सय २० मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३ सय ३३ मत पाए ।

यस्तै सचिवमा दिलिप कंडेल (मिलन) विजयी भएका छन् । उनले ६ सय ३६ मत प्राप्त गरेका छन भने उनका प्रतिष्पर्धी प्रकाश थपलियाले ३ सय ९१ मत पाएका छन् ।
यस्तै कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) ७ सय ३३ मत प्राप्त गरि विजयी भएका छन् । उनको प्रतिष्पर्धी रोशन अधिकारीले ३ यस ३३ मत प्राप्त गरे ।

नवनिर्वाचित अध्यक्ष डंगोलले आफुलाई अमूल्य मत प्रदान गरी विश्वासका साथ निर्वाचित गराएकोमा सदस्यहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
उनले मप्रति देखाउनुभएको विश्वास केवल एउटा मतको परिणाम होइन, यो एउटा ठूलो जिम्मेवारी र विश्वासको अभिव्यक्ति हो भन्दै यस विश्वासलाई इमानदारी, पारदर्शिता, जवाफदेहिता र निरन्तर मेहनतकासाथ व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै नवनिवाचित महासचिव कंडेलले निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद र आभार प्रकट गर्दै निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुने सम्पूर्ण अग्रज, साथी तथा उपविजेता उम्मेदवारहरूप्रति उच्च सम्मान व्यक्त गरे ।

उनले लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा स्वाभाविक हो, तर हाम्रो सम्बन्ध, आत्मीयता र साझा उद्देश्य त्यो भन्दा धेरै माथि भएको बताउँदै निर्वाचनको परिणामले पदको जिम्मेवारी निर्धारण गर्न सक्छ, तर कसैको योगदान, अनुभव र सम्मानलाई कहिल्यै मापन गर्न नसक्ने बताए ।
उनले भने, कसैले जितेको वा हारेको छैन । यदि कसैको जित भएको छ, भने, ‘ त्यो ठमेलको जित हो । ठमेल हाम्रो साझा पहिचान, हाम्रो साझा घर र नेपाली पर्यटनको गौरव हो । यसलाई अझ व्यवस्थित, सुरक्षित, समृद्ध, सांस्कृतिक रूपमा जीवन्त र विश्व पर्यटन बजारमा अझ प्रतिस्पर्धी बनाउन हामी सबैको समान दायित्व हो उनको भनाई छ ।’

उनले भने, ‘अबदेखि हाम्रो साझा उद्देश्य एउटै हुनुपर्छ—ठमेलको समग्र विकास, व्यवसायीहरूको हित, स्थानीय समुदायको सम्मान, पर्यटन प्रवद्र्धन, सुरक्षा, सरसफाइ, पूर्वाधार सुधार, सांस्कृतिक संरक्षण तथा दिगो पर्यटनको विकास। यी सबै हाम्रो साझा इस्यु र साझा एजेन्डा हुन्। यी विषय कुनै एउटा समूह, व्यक्ति वा पदका मात्र होइनन्स सम्पूर्ण ठमेल परिवारका साझा जिम्मेवारी हुन् ।’

हामी सबै मिलेर समृद्ध, सुरक्षित, व्यवस्थित र विश्वसामु अझ गौरवका साथ चिनिने ठमेल निर्माण गर्ने अभियानमा सहभागि हुनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्