आज भारीदेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं, २८ असार । असारको अन्तिम साता हुँदै गर्दा आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

पहाडी भू -भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षासँगै हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्