नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने

काठमाडौं, २६ असार । नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी–२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको हो।

सिरिज आउदो डिसेम्बर ९ देखि १३ तारिखसम्म हुनेछ । पहिलो खेलमा डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो खेल डिसेम्बर १३ मा हुनेछ ।

नेपाल र भारत ‘ए’ बीचको यो टी(२० श्रृंखलाले नेपाली क्रिकेटलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्