मेसीको पेनाल्टी मिस संगै आइसल्याण्डले अर्जेन्टीनालाई बरावरीमा रोक्यो

कप्तान लियोनेल मेसीले शनिबार राती ६ः४५मा भएको आइसल्याण्डविरूद्धको खेलमा पाएको पेनाल्टी मिस गरेपछि अर्जेन्टिना १९९० पछि अहिले पहिलो पटक विश्वकप उद्घाटन खेलमा जित निकाल्नबाट बञ्चित भएको छ ।
त्यस्तै मेसीले आफ्नो क्लब र देशका लागि ७ पटक पाएको पेनाल्टीमध्ये ४ पेनाल्टी मिस गरेका छन् ।

उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई विश्वकपको डेब्यूमा रहेको आइसल्यान्डले १–१को बराबरीमा रोक्यो ।
अर्जेन्टिनाका लागी सर्जियो अग्युइरोले १९ औं मिनेटमा पहिलो गोल गदै टिमलाई अग्रता दिलाए । यो अग्रता थोरै समय मात्र रह्यो खेलको २३ औ मिनेटमा आइसल्याण्डका अल्फ्रेड फिन्बोगोसोनले गोल गदै खेलमा १–१ को बराबरी बनाए ।

अर्जेन्टिनाले खेल अवधिभर १६ वटा प्रहार गरेको थियो जसमध्ये ११ प्रहार मेसीले मात्र गरेता पनि गोल भने हुन सकेन ।
तर ६४ औं मिनेटमा मेसीले पेनाल्टी पाए त्यो पाएको सुनौलो मौका पनि मिस गरे । यो सँगै मेसीले खेलमा अग्रता लिने मौका गुमाए र आइसल्यान्डसँग १–१ अंक बाडे ।

 

प्रतिक्रिया दिनुहोस्