एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा, चुनावी समीक्षा पनि हुने
काठमाडौं। , २५ असार । नेकपा (एमाले) पुनर्गठन कार्यदलको बैठक बसेको छ। अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बुधबार मध्याह्न पार्टीको केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बसेको हो।
बैठकमा एमाले अध्यक्ष ओली पनि सहभागी भएका छन्।
पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदलले यसअघि विभिन्न प्रदेशमा पुगेर छलफल गरेको थियो। कार्यदलका सदस्यहरूका अनुसार प्रदेशस्तरीय छलफलका क्रममा पार्टी नेतृत्व परिवर्तनको पक्षमा बहुमत सदस्यहरूको धारणा आएको छ।
कार्यदलले प्रदेशबाट प्राप्त सुझाव, पार्टीको आगामी संरचना तथा संगठन सुदृढीकरणका विषयमा छलफल गर्दै आएको छ।
आजको बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्थासँगै आगामी निर्वाचनको तयारी र चुनावी समीक्षासमेत गरिने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्