बाँसबारी खानेपानी प्रशोधन केन्द्रको पानी ट्यांकीमा पुरुषको शव फेला

काठमाडौ, २३ असार । काठमाडौं उपत्यका खानेपानीको बाँसबारी प्रशोधन केन्द्रस्थित पानी ट्यांकीभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका–३ बाँसबारीमा रहेको खानेपानी प्रशोधन केन्द्रको पानी ट्यांकीभित्र मंगलबार अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाउने तथा अनुसन्धान गर्ने काम सुरु गरेको छ।

मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलाउने प्रयाससमेत जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्