डोल्पाको जगदुल्लामा जिप दुर्घटना, घटनास्थलमा प्रहरी परिचालन
काठमाडौं, २१ असार । डोल्पाको जगदुल्लामा जिप दुर्घटना, प्रहरी टोली घटनास्थलमा परिचालित
डोल्पाको जगदुल्ला गाउँपालिकामा जिप दुर्घटना भएको छ।
आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप डोल्पा–जुम्ला सीमाना मौरे लेखमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्