महिला सेवाग्राहीमाथि दुर्व्यवहार गरेको आरोपमा सवारी चालक पक्राउ

काठमाडौं, २१ असार । महिला सेवाग्राहीमाथि दुर्व्यवहार गरेको आरोपमा भाडाको सवारी साधनका एक चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ घर भएका ४१ वर्षीय शिवकुमार खड्का रहेका छन्। उनी बा.प्र.०१–००२ ज ७९४८ नम्बरको ट्याक्सी चलाउँदै आएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरले पीडित महिलाको उजुरीका आधारमा खड्कालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सवारी सेवा समाप्त भएपछि चालकले ती महिलालाई पटक–पटक टेलिफोन गर्ने, सन्देश पठाउने तथा अपमानजनक र अशोभनीय शब्द प्रयोग गरी मानसिक दुःख दिने गरेको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्