बैतडीमा यात्रुवाहक बस ६० मिटर तल खस्यो, दुर्घटनाको विवरण आउन बाँकी
काठमाडौं, १९ असार । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।
प्रत्यक्षदर्शीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको छ।
दुर्घटनामा मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन। प्रहरी र स्थानीयबासी घटनास्थलमा उद्धार तथा अवस्थाबारे जानकारी संकलन गरिरहेको बताइएको छ।







प्रतिक्रिया दिनुहोस्