मेलम्चीको पानी आजदेखि अस्थायी रूपमा बन्द, काठमाडौंमा आपूर्ति प्रभावित
काठमाडौं, १९ असार । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी प्रवेश गरी पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीबाट हुने खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा आएको धमिलो पानीका कारण सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रशोधन गर्न कठिनाइ भएपछि मेलम्चीबाट आउने पानीको प्रवाह रोकिएको हो।
प्रवक्ता चन्दले गुणस्तरमा सुधार आएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार खानेपानी आपूर्ति पुनः सुरु गरिने जानकारी दिए।
केयूकेएलले निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले काठमाडौं उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने जनाएको छ।







प्रतिक्रिया दिनुहोस्