दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खस्यो, एक जनाको शव फेला
काठमाडौं, १८ असार । दैलेखमा कर्णाली राजमार्गअन्तर्गत कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको बस चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतरामा करिब साढे ११ बजे दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको हो।
सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कति यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन।
दुर्घटनास्थलमा हालसम्म एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा शव भेटिएको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको हो। घटनाबारे थप विवरण संकलन भइरहेको छ।







प्रतिक्रिया दिनुहोस्