प्रकाश दाहालको निधन अस्पतालमा पुर्याउनु अगावै

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन आफ्नो निवासमा सुतेकै ठाउँमा भएको प्रारम्भिक जानकारी आएको छ ।

मृत्यु लाजिम्पाटस्थित आफ्नै घरमो सुतेको अवस्थामा नै भएको खबुर प्राप्त भएको । उनी अचेत चलमल नभएको अवस्थामा उनलाई आज विहान ६ बजेतिर नर्भिक अस्पताल थापापथली पु¥याईको पारिवारीक स्रोतले जनाएको छ । प्रकाश दाहालले तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका वुवा प्रचण्ड झापातिर लागेपछि त्यता नगइनकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी शनिबार राति लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।

पारिवारिक स्रोतका अनुसार शुक्रबार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनावी कार्यक्रमम तथा प्रसार प्रसारका लागि पत्नी विना पनि कञ्चनपुरतिरै आफ्नै चुनावि क्षेत्रमा थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन्। । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै रहको बताईएको छ ।

सामान्य ज्वरो आए पनि प्रकाश दाहालले शनिबार बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना सामेत खाएको पारिवारिक स्रोतले जनाएको छ । आधिकारी घोषण भने केहिबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने छन् ।

प्रतिक्रिया दिनुहोस्