फिफा विश्वकप २०२६: मेक्सिकोले दुई गोलको अग्रता लिए

काठमाडौं, १७ असार । सह-आयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ ।

मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटको खेल सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो ।

खेलको ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाएका थिए ।

यसअघि खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । यसले खेल निकै रोमाञ्चक भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्