रुकुमकोट सिस्ने गाउँपालिका–दाडिङमा जिप दुर्घटना
काठमाडौं, १७ असार । रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङ तर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ । लु१ज ४६२४ नम्बरको जिप सिस्ने गाउँपालिका–४ स्थित झाक्रीपोले क्षेत्रमा दुर्घटना भएको हो ।
स्थानीयका अनुसार उकालो सडकमा चढ्ने क्रममा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालकसहित १४ जना सवार रहेको खुलेको छ ।
दुर्घटनामा परी धेरै जना घाइते भएको स्थानीयले बताएका छन् । यद्यपि घाइतेको यकिन संख्या तथा उनीहरूको अवस्था खुलेको छैन । घटनास्थलमा स्थानीयवासीले उद्धार कार्य गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको प्रहरीले जनाएको । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । प्रहरीले उद्धार तथा उपचारको लागि पहल गर्दै थप अनुसन्त्रान र यात्रुको यकिन गरेपश्चात मात्रै कति जनाको कस्तो अवस्था हो भन्ने थाहा पाउने छ ।







प्रतिक्रिया दिनुहोस्