पोर्चुगल विरुद्ध स्पेन, खेल कस्तो रहला ?
काठमाडौ । रसियामा जारी विश्वकप २०१८मा हिजो भएको खेलमा आयोजक राष्ट्र रसियाले साउदी अरेवियालाई ५ का विरुद्ध ० गोलले पराजीत गर्याे । त्यस्तै आज तिन खेलहरु बेलुका ५ः४५मा इजिप्ट विरुद्ध उरुग्वे, ८ः४५ मा मोरक्को विरुद्ध इरान त्यस्तै ११ः४५मा पोर्चुगल विरुद्ध स्पेन हुदैछ । आजको खेलको समिक्षा गर्नुपर्दा अगाडिको २ खेलको भन्दा राति हुने खेलप्रति सबैको ध्यान केन्द्रित छ । युरोपका दुई छिमेकी प्रतिद्वन्द्वी पोर्चुगल र स्पेनले आज खेलबाट विश्वकप यात्रा सूरु गर्दैछ । आजको यस खेललाई समूह चरणकै सबैभन्दा ठूलो प्रतिस्पर्धाको रुपमा लिइएकोे छ ।
यस खेलमा उपाधी दाबेदार मानिएको दुबै देशविचको प्रतिस्पर्धालाई क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोसको धमाकेदार भिडन्तका रुपमा समेत हेरीएको छ । तर यि दुबै स्टार भने रियल म्याड्रिडबाट खेल्दै आएका छन् । यस खेलमा स्पेनको २०१०को विश्वकप बिजेता हो भने पोर्चुगलले पनि यस अघि यूरोकप २०१६ जितेको राष्ट्र हो ।
रियल म्याड्रिडमा संगै खेलेको अत्यन्त मिल्ने साथी तथा गहिरो मित्रता रहेको यी दुइ स्टार विच आज शुक्रवार ९० मिनेट एक अर्का विरुद्ध आफ्नो राष्ट्रको लागि खेल्दै छन् । ट्याकलका लागि निकै तगडा मानिने रामोसले युरोकप जिताएका रोनाल्डोलाइ कसरी रोक्लान भन्ने बिश्वको चासोको विषय बनेको छ ।
यी दुई देशबीच सन् २०१२ को युरोकपपछि ठूला प्रतियोगितामा हुन लागेको यो नै पहिलो भेट हो । त्यतिबेला गोलरहित बराबरीमा सकिएको खेल स्पेनले टाइब्रेकरमा जितेको थियो । पोर्चुगल अहिलेको युरोपेली विजेता भएकोले पनि क्रिष्ट्रियानो रोनाल्डो र रिकार्डो क्वारिज्माजस्ता अनुभवी तथा बर्नार्डो सिल्भा, आन्द्रे सिल्भाजस्ता युवा खेलाडीहरुको साथ पाएको पोर्चुगल निकै उत्साहित छ ।
तर, इतिहास हेर्ने हो भने दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले मात्र ६ खेल जीतेको छ भने स्पेनले १६ मा जीत हासिल गरेको छ । यसमध्ये १३ खेल बराबरीमा सकिएको छ ।















प्रतिक्रिया दिनुहोस्