कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना

काठमााडौं, १५ असार । मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू(भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको जनाएको छ।

विभानगका अनुसार अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू(भागमा २(३ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान देशको सातै प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा रूपन्देहीको भैरहवामा ३४.८ मिलिमिटर वर्षा मापन भएको छ। सूर्यपुरामा २९.८ मिलिमिटर, तिलोत्तमामा १५.२ मिलिमिटर, कालीकोटको गेलामा २६.४ मिलिमिटर, गोरखाको ताकुकोटमा १०.८ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्लो चौबीस घन्टामा लमजुङको भोर्लेटारमा १२२ मिलिमिटर, नवलपुरको दम्कौलीमा ११२.८ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ११६.४ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा ८४.४ मिलिमिटर वर्षा मापन भएको छ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भु(भागका धेरै स्थानमा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थान मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी प्रदेशका पहाडी र तराई भू(भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार राति कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भु(भागका केही स्थानमा र हिमाली भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावनामौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका थोरै स्थान तथा हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

राति नै कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्