पोर्चुगललाई रोक्दै कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता
काठमााडौं, १४ असार। कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ ।
मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा पोर्चुगललाई गोलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो ।
कोलम्बियाले ५० प्रतिशतभन्दा बढी बल पोजिसन राखेपनि गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा कोलम्बियाले हानेको गोल अफसाइडका कारण गोलको मान्यता पाएको थिएन ।
कोलम्बियाले ३ खेलबाट ७ अंक जोड्यो । पोर्चुगलले ५ अंक जोडेर उपविजेता बन्दा डीआर कंगो ४ अंक बनाएर तेस्रो स्थानमा रह्यो । उज्वेकिस्तान अंकविहीन हुन पुग्यो ।
यो समूहबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन् ।
नकआउट चरणमा कोलम्बियाले घानासँग खेल्नेछ । पोर्चुगलले क्रोएसियाको सामना गर्नेछ । डीआर कंगोको भने प्रतिष्पर्धी टुंगिन बाँकी छ ।







प्रतिक्रिया दिनुहोस्