स्पेन फिफा विश्वकप २०२६ को नक आउट चरणमा प्रवेश
काठमाडौं, १३ असार । स्पेन फिफा विश्वकप २०२६ को नक आउट चरणमा प्रवेश गरेको छ।
उरूग्वेलाई १(० गोलले पराजित गरेको स्पेन समूह विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको हो।
मेक्सिकोको ग्वाडलजारा स्टेडियममा शनिबार बिहान भएको खेलको ४२ मिनेटमा एलेक्स बाएनाले गरेको गोल निर्णायक बन्दा स्पेन समूह चरणमा ७ अंक जोड्दै नक आउट प्रवेश गरेको हो।
खेलको इन्ज्युरी समयमा उरूग्वेका अगुस्टिन क्यानोबियो रेड कार्ड खाँदै मैदानबाट बाहिरिए।
पराजित भएको पूर्व विश्वविजेता उरुग्वे समूह चरणबाटै बाहिरिएको छ।
समूह चरणमा दुई बराबरी र एक पराजय भोगेपछि २ अंक जोडेको उरूग्वेको विश्वकप यात्रा टुंगिएको हो।







प्रतिक्रिया दिनुहोस्