भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका

काठमाडौं, ११ असार । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो विनाश भएको अनुमान अधिकारीहरूले गरेका छन्।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अहिलेसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको बताएको समाचारसंस्था रोएटर्स र एएफपीले जनाएका छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएकका अनुसार पहिलो भूकम्प ७।२ र दोस्रो ७।५ म्याग्निट्यूड मापन गरिएको छ। पहिलो भूकम्प गएको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो।

अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे बुझ्ने काम भइरहेको बताएका छन्। राजधानी कराकसमा उद्धारकर्मीहरूले भत्किएका भवनका अवशेषबाट केही मानिसहरूले सहायता मागेको सुनिएको बताएका छन्।

भूकम्पपछि कार्यवाहक राष्ट्रपति रोड्रिगेजले देशमा सङ्कटकाल घोषणा गरेकी छन्। उनका अनुसार क्षतिका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

विमानस्थलबाट धुलो उडेको र मानिसहरू भाग्दै गरेको देखिने भिडिओहरू सार्वजनिक भएका थिए।

राजधानी कराकसको पश्चिमी क्षेत्रमा स्थानीय समयानुसार साँझ ६ बजेपछि आएका भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका थिए।

राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि डेल्सी रोड्रिगेजले देशको नेतृत्व गरिरहेकी छन्।

यूएसजीएसका अनुसार बुधवारको भूकम्प भेनेजुएलामा सन् १९०० पछि मापन गरिएको सबैभन्दा ठूलो भूकम्प हो।

भेनेजुएला सरकारको अभिलेखअनुसार भेनेजुएलामा २९ अक्टोबर १९०० मा ७।७ म्याग्निट्यूडको भूकम्प मापन भएको थियो।

कराकसमा भूकम्पका कारण भत्किएका भवनहरूनजिकै गुडेका मोटरसाइकलहरूतस्बिर स्रोत,च्भगतभचक
भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशङ्का गरिएको छ। यूएसजीएसले मृतकहरूको सङ्ख्या १०,००० देखि एक लाख जनासम्मको मृत्यु हुन सक्ने अनुमान गरेको छ।

यद्यपि त्यो वास्तविक सङ्ख्या नभई अनुमान मात्र हो। वास्तविक सङ्ख्या कम वा बढी जे पनि हुन सक्छ।

यूएसजीएले आपत्कालीन सेवाका कर्मचारी, सरकारी निकाय र सञ्चारमाध्यमलाई यो भूकम्प कति घातक हुन सक्छ भनेर बुझाउन उक्त सङ्ख्या सार्वजनिक गरेको हो।

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले मानिसहरूको ज्यान बचाउनु अहिलेको प्राथमिकता भएको बताएकी छन्।

बीबीसी मुन्डोका सहयोगी निकोल कोल्स्टरले भत्किएको एउटा भवनबाट मानिसहरूले गुहार मागेको सुनिएको बताइन्।

उनका अनुसार ुसहयोग मागिदिनुहोस्। हामी यहाँ छौूँ भनेको सुनिएको थियो।

भूकम्प गएपछि कैयौँ मानिस फेरि परकम्प आउन सक्ने डरले आफू बाहिर नै सुरक्षित हुने विश्वासमा भएको उनले बताइन्।

ूघरभित्र फिर्ता नजान सिफारिस गरिएको छ,ू उनले भनिन्।

मानिसहरूले सुरक्षित रूपमा बस्न सडक र अन्य खुला ठाउँमा टाँगेको देखिन्छ।

संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा आइपरेको विपद्‌बारे टिप्पणी गरेका छन्। ूभर्खरै भेनेजुएलाका महान् जनतालाई प्रहार गरेका दुई ठूला भूकम्पहरू परिमाणमा पनि ठूला छन् र तिनले डरलाग्दो सङ्ख्यामा मानिसहरूको मृत्यु गराएका छन्,ू ट्रम्पले ुट्रूथ सोशलुमा लेखेका छन्।

उनले आफ्नो सरकारका सबे निकायलाई त्यसका लागि निर्देशन दिइसकेको जनाए। ूहामी हाम्रा नयाँ र महान् साथीहरूका लागि त्यहाँ पुग्ने छौँ।

रोड्रिगेजले अमेरिकी राष्ट्रपति ट्रम्प भेनेजुएलाका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै ट्रम्पलाई सामाजिक सञ्जालमार्फत् धन्यवाद दिएकी छन्।

उनले फेसबुकमा पोस्ट गरेको एउटा विज्ञप्तिमा अमेरिका सरकारले भेनेजुएलाई सहयोग दिने प्रस्ताव गरेको जनाएकी छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले अमेरिकाले ूतत्काल खोज र उद्धार टोलीहरू, औषधोपचारका लागि आवश्यक स्रोत र मानवीय सहायताू पठाउने बताएका छन्।
रातभरि खुला आकाशमुनि बास
भेनेजुएलामा भूकम्पपछि राति बाहिर बसेका छन् ।
भूकम्प आएको दिन भेनेजुएलामा राष्ट्रिय बिदा थियो। बिदा भएका कारण अधिकांश मानिसहरू घरमै रहेका हुन सक्ने अनुमान गरिएको छ।

भूकम्पका कारण बिजुली र इन्टरनेट प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

भेनेजुएलामा आएको भूकम्पको झट्का छिमेकी देश कोलम्बियाको राजधानीसम्म पनि महसुस भएको बताइएको छ।

भूकम्पका कारण आतङ्कित कैयौँ आतङ्कित मानिसहरू कराकसमा राति आकाशमुनि नै बसेको देखियो। उनीहरूमा फेरि भुइँचालो आउने वा क्षतिग्रस्त भवनहरू भत्किने डर बाँकी नै छ।

धेरै मानिसहरू आफ्न परिवारजन र इष्टमित्रको स्थितिबारे जानकारी लिने प्रयासमा छन्।

अधिकारीहरूले सर्वसाधारण मानिसलाई भूकम्पका कारण पुगेको क्षति नजाँची क्षतिग्रस्त भवनमा नबस्न आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्