विश्वकप महासंग्रामको उद्घाटन समारोह बेलुकी ८ः१५ मा, यी चर्चित गायक गायिकाको धमकेदार प्रस्तुति
एजेन्सि । रसियामा आजदेखि सुरू भएको विश्वकप फुटबल महासंग्रामको उद्घाटन समारोह भने नेपाली समय अनुसार बेलुका सवा ८ बजे हुँदैछ । समारोह आधा घण्टाको हुनेछ र त्यसपछि ८ः४५ बाट आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेल हुनेछ । समारोह मस्कोको लुजनेकी रंगशालामा हुनेछ ।
उक्त उद्घाटन समारोहमा बेलायती गायक तथा अभिनेता रोबी विलियम्सले धमकेदार सांगितिक प्रस्तुती दिनेछन् । त्यस्तै उनलाइ साथ दिनको लागि रसियन गायिका आइडा गारीफुलिना हुनेछिन् ।
ब्राजिलियन सुपरस्टार रोनाल्डो पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् । यसपालिको उद्घाटन समारोह पहिलाभन्दा फरक हुने विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ ।
फिफा वरियताको क्रममा यसपाली आयोजक र समर्थकका हिसाबले रसियालाइ फाइदा भएको छ, किनकी सहभागी रसिया सबैभन्दा कमजोर मुलुक हो ।















प्रतिक्रिया दिनुहोस्