राप्रपाभित्र असन्तुष्टि बढ्दै, अध्यक्ष लिङ्देनमाथि आफ्नै समर्थकको प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक समीकरणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन्। महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्वमा पुऱ्याउन रातदिन खटिएका ७० प्रतिशतभन्दा बढी पुराना नेता, कार्यकर्ता र शुभचिन्तकहरू यतिबेला उनीसँग रुष्ट बनेको बनेका छन ।
विगतमा अफुलाई हराउने प्यानलमा रहेका र लिङ्देनलाई विस्थापित गर्न खोज्ने शक्तिहरूलाई नै अहिले नेतृत्वले काखि च्यापेर आफ्नो निकट बनाएपछि पुराना निष्ठावान् कार्यकर्ताहरूमा व्यापक निराशा छाएको राप्रपा स्रोतको दाबी छ।
राप्रपालाई नयाँ शिराबाट अगाडि बढाउने र परम्परागत गुटबन्दी अन्त्य गर्ने नारासहित लिङ्देनले पार्टीको बागडोर सम्हालेका थिए। तर, पछिल्लो समय उनले आफूलाई जिताउने मुख्य खम्बा मानिएका नेता-कार्यकर्ताहरूलाई पाखा लगाउँदै, पूर्वअध्यक्ष कमल थापानिकट मानिएका व्यक्तिहरूलाई रणनीतिक रूपमा नजिक्याएको आरोप लागेको छ।
पार्टीका एक असन्तुष्ट केन्द्रीय नेताका अनुसार, ”जसले रगत-पसिना बगाएर पार्टीमा परिवर्तन ल्याए, उनीहरूलाई अहिले भूमिकाविहीन बनाइएको छ।, हिजो लिङ्देन प्रवृत्तिको विरोध गर्नेहरू नै आज पार्टीको निर्णयक तहमा हाबी हुन थालेका छन्।”
के यो पतनको सुरुवात हो?
राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि दलको नेतृत्वको शक्ति उसको जगमा रहेका कार्यकर्ताहरू हुन्। पार्टीभित्रै आफ्नो जग बलियो बनाएका झन्डै ७० प्रतिशत सारथिहरूलाई चिढ्याएर विरोधी खेमालाई मात्रै रिझाउने नीतिले राजेन्द्र लिङ्देनको राजनीतिक उचाइ र प्रभावलाई कमजोर बनाउँदै लगेको छ। पार्टीका लागि योगदान दिएका पुराना र इमानदार कार्यकर्ताहरूले आफूलाई उपेक्षित महसुस गर्न थालेका छन्। उनिहरुले पार्टीमागुटबन्दीको नयाँ रूप देखिएको विश्लेषण गरेका छन । पुरानालाई पाखा लगाएर अन्य पार्टीबाट आएका र चाकरी गर्नेहरुको समूहका व्यक्तिहरूलाई अनावश्यक प्रश्रय दिँदा पार्टीभित्र आन्तरिक सन्तुलन बिग्रिएको राप्रपाकै नेताहरु बताउछ्न ।
नीति र सिद्धान्तभन्दा पनि दाउपेचको राजनीति हाबी हुँदा अध्यक्ष लिङ्देनको ‘सच्चा राष्ट्रवादी’ छविमा धक्का लागेको टिप्पणी हुन थालेको छ।
आफूलाई स्थापित गर्ने मुख्य शक्ति नै टाढिँदै गएपछि राजेन्द्र लिङ्देन यतिबेला आन्तरिक दबाबमा परेका छन्। हिजोका विपक्षीलाई नजिक ल्याएर पार्टी बलियो पार्ने उनको रणनीति ब्याकफायर (उल्टो) हुने संकेतहरू देखिन थालेका छन्। बेलैमा असन्तुष्ट पक्ष (७० प्रतिशत कार्यकर्ता) लाई समेटेर अघि नबढे, यो आन्तरिक द्वन्द्वले लिङ्देनको राजनीतिक यात्रा र राप्रपाको भविष्य दुवैलाई गम्भीर मोडमा पुऱ्याउने निश्चित देखिन्छ।









प्रतिक्रिया दिनुहोस्