अर्थमन्त्री वाग्लेको स्पष्ट सन्देश: ‘घण्टा–घण्टाको बजार होइन, दीर्घकालीन नीति प्राथमिकता’
काठमाडौं, असार ५ — अर्थमन्त्री स्वर्णिम वाग्ले ले पूँजी बजारको दैनिक उतारचढावभन्दा दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएका छन्।
प्रतिनिधि सभामा बोल्दै उनले एक–एक घण्टामा सेयर बजार सूचक तल–माथि हुन्छ कि भनेर नहेर्ने तर “युग–युगसम्म असर पार्ने नीतिहरू” निर्माणमा ध्यान दिइएको स्पष्ट पारे।
उनले हाल पूँजी बजारमा देखिएको विचलन, बीमा तथा सेयर बजार क्षेत्रमा भएका अनियमितताका विषयमा एक खर्ब रुपैयाँ बिगो मागसहित मुद्दा चलिरहेको जानकारी दिए। यस्ता घटनाले लगानीकर्तामा त्रास र अनिश्चितता सिर्जना गरेको हुन सक्ने उनको भनाइ थियो।
वाग्लेले विगतमा भएका अनियमितता र नियतगत कमजोरीका कारण केही लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेको उल्लेख गर्दै सुशासनमा कठोर रूपमा अघि बढ्ने सरकारको नीति दोहोर्याए।
उनका अनुसार, सुधारका प्रयाससँगै बजेट कार्यान्वयनबाट परिणाम देखिन थालेपछि निजी क्षेत्रको आत्मबल बढ्ने र लगानी वातावरण सुधार हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्