काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग निर्माणमा सरकारले पूर्ण सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ–तराई/मधेश दु्रतमार्ग आयोजना राष्ट्रिय गौरवको आयोजना भएको बताउँदैे यसलाई समयमै समन्न गर्न सरकारबाट जस्तो सुकै सहयोगको लागि पनि तयार रहेको बताए छन् ।

नेपाली सेना निमार्णको जिम्मेवारी पाएको काठमाण्डौं–तराई\मधेश दु्रतमार्गको बारे जानकारी लिए आज साँझ सैनिक हेडक्वाटर पुगेका प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय गौरवको आयोजना जना काठमाण्डौं–तराई/मधेश दु्रतमार्ग सर्वत्र, चासो र चिन्ताको विषय बनेपछि प्रधानमन्त्री ओली कार्य प्रगति बुझ्न नसैनिक हेडक्वाटर पुगेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेश दु्रतमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्