पानामालाई १-० ले हराउँदै घानाको विजयी सुरुवात

काठमाडौं, ४ असार । फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै घानाले विजयी सुरुवात गरेको छ ।
इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले पानामालाई १-० ले हराउँर्द पछि पारेको हो ।
क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले गोल गरेका हुन् ।

यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ । इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।
अघिल्लो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४(२ ले पराजित गरेको थियो । यसले गर्दा खेल थप प्र्रतिष्पर्धी बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्