नेपाल वायुसेवा निगम सुधारका लागि उपयुक्त मोडल खोजिँदै : पर्यटनमन्त्री पौडेल
काठमाडौं, असार ३ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमलाई सुदृढ बनाउन उपयुक्त व्यवस्थापन मोडलको खोजी भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले निगमको वर्तमान अवस्था अत्यन्त कमजोर रहेको उल्लेख गरे।
उनले नेपाल वायुसेवा निगमलाई “पखेँटा घाइते भएको चरा”सँग तुलना गर्दै संरचनागत सुधारबिना सुधार सम्भव नहुने स्पष्ट पारे।
मन्त्री पौडेलका अनुसार निगम हाल करिब ६५ अर्ब रुपैयाँभन्दा बढी ऋणमा रहेको र प्रत्येक वर्ष थप ऋण बढ्दै गएको छ। यस कारण संस्थाको पुनर्संरचना अपरिहार्य भएको उनले बताए।
उनले निगम सुधारका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल वा अन्य उपयुक्त विकल्पबारे राष्ट्रिय बहस भइरहेको जानकारी दिए।
मन्त्री पौडेलले निगमलाई निजी क्षेत्रको सहभागितासहित पुनर्जीवन दिने सरकारको तयारी रहेको उल्लेख गर्दै यसैमार्फत राष्ट्रिय ध्वजाबाहकलाई दीर्घकालीन रूपमा सक्षम बनाउने लक्ष्य रहेको बताए।





प्रतिक्रिया दिनुहोस्